गण्डकीको मुख्यमन्त्री कार्यालयमा तोडफोडसहित आगजनीको प्रयास
पाेखरा | भदौ २३, २०८२
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालयमा जेन जी प्रदर्शनकारीले तोडफोडसहित आगजनीको प्रयास गरेका छन् ।
मुख्यमन्त्री कार्यालयमा आगजनीको प्रयास भएपछि प्रहरी र प्रदर्शनकारीबीच भएको मुठभेडले स्थिति तनावपूर्ण बनेको छ ।
पोखरा सभागृह चोकमा भएको प्रदर्शनपछि गएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा गरेका हुन् ।
आगजनीको प्रयासपछि प्रहरीले बल प्रयोग गरी आन्दोलनकारीलाई नियन्त्रणमा लिने प्रयास गरेको छ । प्रदर्शनकारी तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

